उद्योग वाणिज्य संघका सदस्य पक्राउ

0
Shares

रुपन्देही ।

बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्।

बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो।

जिल्ला अदालतले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै सजाय तोकेकोमा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको र बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।