४० बोरा चिनी र ८ बोरा सुर्तीसहित गाडी पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी बेलसोतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ५ गते विहिबार कटारी नगरपालिका ९ बेलसोतबाट अबैध रुपमा ल्याइएको ४० बोरा चिनी र ८ बोरा कबिर छाप सुर्ती सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरले दिएको जानकारी अनुसार ४० बोरामा करीब २ हजार केजी चिनी रहेको र ड वटा बोरामा भारतीय ब्राण्डको कबिर छाप सुर्ती रहेको तर अबेध रुपमा व्यापारीक प्रयोजनकालागि ल्याइएको बुझिएकोले प्रदेश २-०१-००१ च ०६३० नम्बरको पिकअप गाडी सहित आवश्यक कार्वाहीकालागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।