तीन जना फरार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको विभिन्न प्रहरी इकाईले अदालतद्धारा कैद सजाय र जरिवाना तोकिएका तीन जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कायाृलय उदयपुरले दिएको जानकारी अनुसार ५ गते बिहिबार चोरी मुद्दामा उदयपुर जिल्ला अदालतद्धारा जरिवाना सहित कैद सजाय पाएका त्रियुगा नगरपालिका ५ बस्ने वर्ष २९ को ओम प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय जलजलेको गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

यसै गरी ठगी मुद्दाका फरार प्रतिवादीलाई त्रियुगा नपा १३ तरकारी बजार स्थित प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले त्रिनपा १३ असारीबाट सिंह बहादुर राई र लाल बहादुर सार्कीलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार राईलाई ५लाख १० हजार २८४ रुपैया १० पैसा जरिवाना र २ वर्ष कैद सजाय सुनाएकोमा फरार रहेको थिए ।

अर्का लाल बहादुर सार्कीलाई पनि उदयपुर जिल्ला अदालतले ५ लाख १० हजार २८४ रुपैया १० पैसा जरिवानार १ वर्ष कैद सजाय जिल्ला अदालतले सुनाएकोमा पररा रहेको दुबैलाई खोज तलास गरी ५ गते विहीबार जिलला अदालत उदयपुरमा बुझाएको छ ।