सप्तरीबाट २ सय ४० केजी अवैध गाँजासहित एक जना पक्राउ


काठमाडौं ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट  बिहिबार  सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक अनुसन्धान कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् । यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थापाले  बताएका छन् ।

मोटरसाइकलमा आउँदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ वर्षीय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको  थापा बताए ।

रौतहटबाट १३ लाखभन्दा बढीको लत्ताकपडा बरामद रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एक घरबाट सशस्त्र प्रहरीले पुस ४ गते १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सुरक्षा बेश सन्तपुर र गौर भन्सार कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले वेवारिसे अवस्थामा १२ बोरा बिभिन्न किसिमका लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ,भने  नियन्त्रणमा लिइएका राईलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।