मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न राप्रपाको माग

0
Shares

काठमाडौं ।

राप्रपाले धर्मसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो । सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दुधर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किराँती बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् ।

८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृति मन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् । ‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराँती बर्खास्तका योग्य छन्।

यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् रु,’ प्रवक्ता श्रेष्ठले भने, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण गराउँदछौं। साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’