माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

0
Shares

काठमाडौं ।

सत्तारूढ नेकपा माओवादी केन्द्रको आगामी  फागुन पहिलो साता विधान सम्मेलन हुने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको छ।

पार्टीका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सो समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य सदस्यको रूपमा रहेका छन्।

मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको छ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि  आजको बैठकले निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए।