दुई जनालाई जन्म कैदको फैसला

28
Shares

उदयपुर।

उदयपुर जिल्ला अदालतले नावालिका बलात्कार गरि हत्या गर्ने दुई जनालाई जन्म कैदको फैसला गरेको छ । उदयपुर जिल्ला अदालतका सुचना अधिकारी बुद्धराज निरौलाले दिएको जानकारी अनुसार जन्म कैदको सजाय पाउनेमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १ सिसुवारी बस्ने २७ वर्षको उचितलाल सदा र सोही ठाउँका २४ वर्षका विसे भन्ने विषय सदा रहेका छन् ।

उचित र विसे दुवै जना मिलेर गत साउन १३ गते उदयपुरको त्रियुगा नगरपालिका ६ को राजदेवी सामुदायिक वनमा लगेर सोही ठाउँकी १६ वर्षिय९ कृशला चौधरी नावालिकालाई बलात्कार गरेर बीभत्स रुपले हत्या गरि फालेका थिए । त्रियुगा नपा ६को सामुदायिक वनमा मृतकको लास हत्या भएको छ

दिनपछि सडेगलेको अवस्थामा फेला परेपछि हत्याराहरुको खोजी भएको र साउन ३० गते प्रहरीले पक्राउ गर्न सफल भएको थियो । मृतकका परिवारले २०८०भदौ २१ गते दोषी उपरकार्वाहीकालागि पीडितका तर्फबाट त्रियुगा नपा ६ का प्रेम कुमार चौधरीले निवेदन दर्ता गराएका थिए ।

जिल्ला अदालत उदयपुरका सुचना अधिकारी निरौलाका अनुसार अदालतले उचितलाल सदा र विषय सदालाई जन्म कैदको सजायका साथै प्रतिवादीहरुबाट जनही ३ लाख पीडितलाई क्षतिपूर्ति प्रतिवादीकै सम्पतिवाट भराई पाउन तत्काल राहत कोषबाट २ लाख पीडितको नजिककने हकदारलाई उपलब्ध गराउन सोमबार जिल्ला न्यायाधीस नवराज दुलालको इजलासले फैसला गरेको सुचना अधिकारी निरौलाले बताउनु भयो ।