मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
Shares

बारा  ।

बाराको निजगढ नगरपालिकामा बुधबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढ तर्फ आउँदौ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् ।बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।