पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

0
Shares

सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुनलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । पुनलाई विशिष्ट श्रेणी ९नेपाल सरकारको सचिव० सरह रहने गरी चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

पुन नेपाल पत्रकार महासंघको सचिव भइसकेकी छन् । त्यस्तै उनी जनार्दन शर्मा गृहमन्त्री हुँदा पुन प्रेस संयोजक बनेकी थिइन् । उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुन् ।