सारंगीको कथा परियोजना सम्पन्न

126
Shares

काठमाडौं ।

प्रोजेक्ट सारंगी फाउन्डेसन र सूर्य नेपाल प्रा.ली. मिलेर सञ्चालन गरिएको सूर्य नेपाल गाथा – सारंगीको कथा परियोजना ललितपुरमा सम्पन्न भएकाे छ  ।
पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचा, पाटन संग्रहालयमा ७० जना विद्यार्थीले सारंगी र कुटुम्ब व्यान्डको विशेष सांस्कृतिक प्रस्तुति गरिएको थियो।

सांरगी लोकबाजाको संरक्षण गर्ने यसको आधुनिक सांगतिक परिवेशमा उपस्थिति गराउने उद्देश्यले गत असारदेखि सो परियोजना शुरुआत गरिएको थियो। काठमाडौं उपत्यकाका सात वटा नगरपालिकाका  सामुदायिक विद्यालयमा सञ्चालन गरिएको थियो।

परियोजना अन्तर्गत सारंगी परिचयात्मक कार्यशाला र तीन महिने आधारभूत तालिम विद्यार्थीहरुलाई दिइएको थियो। विद्यार्थीहरुलाई सांरगी बजाउन सिकाउने र सांरगीको संरक्षण गर्ने उद्देश्यले सो परियोजना सञ्चालन गरिएको प्रोजेक्ट सारंगी फाउन्डेसनका सञ्चालक सुजन बज्राचार्यले बताए ।
प्रोजेक्ट सारंगी फाउन्डेसनका अध्यक्ष किरण नेपालीले परियोजनाले परम्परागत संगीत प्रति गर्व र सम्मान अनुभूति गराउँदै अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।