विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो


सिरहा ।

धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।

दलित महिला केन्द्र, नेपाल सीडीडब्लुएन सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा, जातिय विभेद-छुवाछुत तथा बाल विवहा बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख महतोले कानुनले वर्जित गरेको विभेदजन्य व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएको हो।

उनले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुतजस्ता कार्य कानुनले बर्जित गरिसेको अवस्थामा यसको कहिकतैबाट उलङ्घन भए त्यस्ता व्यक्तिलाई कानुनी दायरमा ल्याउन आफू सधै अग्रसर रहने बताए। विभेद मुक्त समाज निर्माण्को लािग आफू सधै प्रतिबद्ध रहेको भन्दै प्रमुख महतोले भने, ‘कानूनि रुपमा दण्डनिय र सामाजिक कलङ्कको रुपमा रहेको लैङ्गिक हिंसा, बाल विवाह तथा जातिय छुवाछुतज जस्ता घटनामा निकै कमि आएको छ। तर, आज पनि कहि कतै यस्ता घटनाहरु सुन्न पाईन्छ। यस्ता घटना आफ्नो पालिकामा हुन नदिन म सधैं प्रतिबद्ध छु। भईहाल्यो भने कानुनी दायरामा ल्याउन सहयोग गर्छु र सवैबाट सहयोग अपेक्षा पनि गर्छु।’

सोही क्रममा उनले आफ्नो पालिकामा यस्ता घटनाहरु भएको आफ्नो जानकारीमा नरहेको भन्दै घटना भईहाले पालिका र सम्वन्धित निकायमा तत्काल उजुरी गर्न पनि सवैलाई आग्रह गरे। कुनैपनि घटनामा पीडितको साथमा रहेने पनि मेयर महतोले प्रतिबद्धता जनाए। कार्यक्रमै उठेको ९ नम्वर वडाको इनारमा पानीभर्ने विषयमा विभेद हुने गरेको विषयमा पनि आफ्नो तर्फबाट पनि बुझ्ने र विभेद भएको भए उजुरी हाल्न सल्लाह दिए।

अन्तरक्रिया कार्यक्रममा धनगढीमाई नगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामजतन कामैतले आफ्नो वडा यो पटक बाल विवाह मुक्त वडा घोषणा गर्ने तयारी सहित काम गरिरहेको बताए। उनले विद्यालयका अध्ययनरत किशोरीहरुको सहयोगमा वडालाई बाल विवाह मुक्त बनाउने योजना सुनाए। वडा अध्यक्ष कामतले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आफूपनि बाल विवाह नगरर्ने र छिमेकमा हुने बाल विवाह रोक्ने अभियानमा परीचालन गर्नेगरी योजना बनाएको बताए। उनले भने, ‘मैले विद्यालयमा अध्यनरत किशोरीहरुको समूह बनाउने र त्यहि समूले गाउँ, टोल, छिमेकमा हुने बाल विवाहको निगरानी गर्ने र विवाहको लागि वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था मिलाउँदै छु।’

अन्तरक्रिया कार्यक्रममा नेकपा ९समावादी एकीकृत० का नेता उत्तरवहादुर जर्घा, नेकपा ९माओवादी केन्द्र०का सरुण मोक्तान, कार्यपालिका सदस्य ज्ञान कुमारी चौधरी, न्याय पालिका सदस्य कृष्णमायाँ विश्वकर्माले समाजमा हुने विक्रितिको विरुद्ध एक जुट भएर लाग्नु पर्नेमा जोड दिए। उनीहरुले स्थानीय सरकारले यसमा सक्रियता देखाउनु पर्नेमा जोट दिए। स्थानीय सरकारले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुत न्यूनिकरणको कामर्यलाई प्राथमिकताकासाथ अगाडी बढाए आफ्नो पाटी र व्यक्तिगत तर्फबाट सधै सहयोग रहेने बताए।

अन्तरक्रियामा दलित महिला केन्द्र, नेपाल ९सीडीडब्लुएन०का कार्यकारी निर्देशन तेजेन्द्र लामाले जसको सवाल, उसैको नेतृत्व र संघियताको अभ्यासको लागि पनि स्थानीय स्तरमै नेतृत्व विकास हुनु पर्नेमा जोड दिए। उनले समस्या र समाधान पनि साझा रुपमा खोजिनु पर्ने बेला आईसकेको बताउँदै महिलाको पनि नेतृत्वमा समानजनक उपस्थिति आवश्यक रहेको बताए। भविष्यमा सवैप्रकार नेतृत्वमा सवै लिङ, धर्म, समूदायको समान उपस्थितिको लागि हाम्रो संस्थाले प्रयास गरिरहेको बताए।

सम्मानजन नेतृत्वको लागि महिलाहरुको क्षमता विकास गर्ने उद्देश्य सहित सिरहाको विभिन्न पालिकामा आफ्नो संस्थाले काम गरिरहेको पनि उनले सुनाए। महिला नेतृत्व विकासको क्रममा आज स्थानीय महिला समूले यो कार्यक्रमको आयोजना गरेको पनि उनले बताए। उनले भने, ‘हाम्रो लक्ष्य अनुसार काम गरिरहेका थियौं, आज त्यसलाई मूर्तरुप दिने प्रयासको थालनी भएको छ। यो लामो सिकाईको प्रकृया भएकोले यसलाई त्यसैको एउटा खुड्कीलो हो।’ समूहका अध्यक्ष शुशिला लामाको अध्यक्षतामा सम्पनन अन्तरक्रिया कार्यक्रममा समूहका सुनिता साहले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमका सहभागीहरुलाई स्वागत रोजीका श्रेष्ठले गरेका थिए।

आयोजक समूहले सवैखालका विभेद अन्त्यको लागि हामीले आवाज उठाने प्रयास गरिरहेको बताए। उनीहरुले हामीले उठाएको सहि समस्या समाधानको लागि स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुको साथ सहयोग आवश्यक रहेको बताए। अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।