पूर्व सञ्चारमन्त्री न्यौपानेको निधन

0
Shares

कालिकाेट ।

पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मृगौला रोगबाट समेत पीडित रहेका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए । उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् ।

विसं २०५१ मा कालीकोटमा नेकपा ९एमाले०बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस