काठमाडौंकाे तापक्रम यो वर्ष अहिलेसम्मकै कम, कति पुग्यो न्यूनतम तापक्रम

0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेको छ ।

यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ  ।  हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.७, डडेलधुराको २.८, दिपायलको ३.२, ओखलढुंगाको ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन सार्वजनिक गरिएको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम भएकाे महाशाखाले जनाएकाे छ ।