सिजी इन्टरटेनमेन्टले ‘मनका कुरा विथ वसन्त चौधरी प्रसारण गर्दै

0
Shares

काठमाडौँ । 

सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल सुरु गर्न लागेको हो ।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रवार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी सिजी इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत नियमित रुपमा प्रसारण हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए।