स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा भुकम्प प्रभावितहरुका लागी न्यानो ज्याकेट उपलब्ध

14
Shares

काठमाडौं ।

स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालले नेपाल प्रेस युनियनलाई न्यानो ज्याकेट उपलब्ध गरेको छ । गत कात्तिक १७ मा जाजरकोट र रुकुम पश्चितमा गएको विनासकारी भुकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरुलालाई बितरण गर्नका लागी एक सय प्रति ज्याकेट उपलब्ध गरेको हो ।

आइतबार संघको कार्यालयमा एकध अनौपचारिक कार्यक्रमकाबीच स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालका अध्यक्ष अरविन्द महतोले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई ज्याकेट हस्तान्तरण गरे । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी महतोले संस्थामार्फत विभिन्न सहयोग तथा सचेतनामुलक कार्यक्रमहर गर्दै आएको छ ।

देशभरका युवाहरुलाई जोड्दै समाजमा सकारात्मक काम गर्नका लागी स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालल लामो समयदेखि काम गर्दै आमएको अध्यक्ष महतोले जानकारी दिए । उक्त संस्थाले सबै राजनीतिक दलका सकारात्मक साृेच भएका युवाहरु, पत्रकार, व्यवसायिहरु समेतलाई विभिन्न समयमा अवलोकन भ्रमण, सम्बन्धीत क्षेत्रमा कार्यरत व्यक्तिहरुको क्षमता विकास, जेष्ठ तथा विपन्न नागरिक सहयोग लगायतका कामहर गर्दै आएको छ ।
यस पटक नेपाल प्रेस युनियन मार्फत रुकुमपूर्व र जाजनरकोटका भुकम्प प्रभावित पत्रकारहरुका लागी आवश्यक न्यानो ज्याकेट उपलब्ध गराएको प्रेस युनियनका अध्यक्ष शिब लम्सालले बताउनुभयो । उक्त ज्याकेटसहित केही राहत सामग्रीहरु पुसको पहिलो हप्ता जाजरकोट र रुकुम पठाउने तयारी भइरहेको अध्यक्ष लम्सालले जानकारी दिए ।