प्रधान सेनापतिद्वारा अशोकराज सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनले नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८० मंसिर २८ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् ।

वि।सं। २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मनु भएका रथी श्री सिग्देल, वि।सं।२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं.२०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका हुन् ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

भारत, ईण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका रथी श्री सिग्देलले चीनबाट तालिम सम्पन्न गरेका छन् ।

यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी भएका छन् । आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले रथी सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे । रथी श्री सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेको थियो ।