मोटरसाइकल दुर्घटना हुँदा धनुषामा २ जनाको मृत्यु, एक जना घाइते

0
Shares

धनुषा ।

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनिया गाउँपालिका-४ स्थित सपहीमा दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार तीन जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्।

मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन्। उनलाई जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।