न्यु स्टार पोल सेमिफाइनलमा

0
Shares

काठमाडौं ।

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। मूलपानीमा भएको क्वार्टरफाइनलमा न्यु स्टारले एकलब्य शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र अक्षरिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए।

हाइलीले ब्रम्हकुञ्ज शिक्षा सदनलाई १–० को झिनो गोलअन्तरले हरायो। रिसुक स्थापितले निर्णायक गोल गरे। अक्षरिकाले प्रीतिमामाथि ५–१ को सहज जित दर्ता गर्‍यो।