कोलम्विया’ को नयाँ शाखा नाम्चेमा

0
Shares

काठमाडौं ।

अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’ को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ । नाम्चेमा सञ्चालनमा आएको तेस्रो शाखा हो । यसअघि काठमाडौंको ठमेलमा र पोखरामा सञ्चालनमा आएको थियो ।

नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्राण्डको शोरुमको पहिलो खुम्बु आईसफल डा. लाक्पा गेलु शेर्पाले उद्घाटन गर्नुभएको थियो ।
हिमालयन आउटडोर प्रालि कोलम्विया ब्रान्डको नेपालको आधिकारिक बिक्रेता हो ।

पदयात्री र हिमाल आरोहणीहरुलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक दिकिला शेर्पा लामाले बताउनुभयो । हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यकपर्ने कपडा तथा सामग्री उपलब्ध गराउने उद्देश्यले नाम्चे शाखा सञ्चालनमा ल्याएको शेर्पाको भनाइ छ ।