ओलीलाई ज्येष्ठ नागरिकको सुझाव : मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिनु

0
Shares

खोटाङ ।

खोटाङका ज्येष्ठ नागरिकहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिएका छन् ।

एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडि लोक मार्ग अन्तर्गत झुला घाट-चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने र यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले ओलीलाई  सुझाव दिएका छन्।

ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै  खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको बताएका छन्। अनुरोध पत्रमा  अनुरोध पत्रमा बाहिरबाट मदिरा आयात भइरहेकाले अब यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन सुझाव दिएका छन् ।

सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव र राम ताम्राकारले बुझाएको अनुरोध पत्रमा मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

यस्तै मदिरा उत्पादनका लागि प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय  बोटसम्म रोप्ने, बिरुवा औषधि प्राविधिक सहायता  वन कृषि कार्यालय र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् , यस्तै मदिराका उत्पादन केन्द्र स्थानीय सरकारले तोक्ने गरिको व्यवस्था मिलाउन समेत अध्यक्ष ओलीलाई ज्येष्ठ नागरिकहरूले सुझाव दिएका छन्।

सुझाव पत्रमा नदीको  किनारमा बाह्रै महिना खेती हुने खेतीयोग्य जमिन बाझै रहेको भन्दै यस्ता जमिनको समेत उपयोग गरिनु पर्ने उल्लेख छ। जेष्ठनागरिकसँगको भेटघाटका क्रममा ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए।