दोस्रो टी-२० मा दक्षिण अफ्रिकाले भारतलाई हरायो

0
Shares

काठमाडौं ।

दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो।

वर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। यसअघि भारतले पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएपछि खेल वर्षाले रोकिएको थियो।

त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो। यसअघि सिरिजको पहिलो खेल वर्षाले रद्द भएको थियो। यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ। अब सिरिजको तेस्रो खेल बिहीबार हुँदै छ ।