गंगा दाहालले व्यापारीसँग घुस लिएको अमरेशकाे आरोप, प्रमाण देखाउन अनेरास्ववियुको माग

0
Shares

काठमाडाैं ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको छोरी तथा स्वकीय सचिव गंगा दाहाले व्यापारीसँग लिएको घुसको प्रमाण देखाउन माग गरेको छ ।

साेमबार कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनढेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।