जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। राष्ट्रिय सभाको निर्वाचनमा हुन सक्ने गठबन्धन र उम्मेदवार छनौटलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा  उक्त बैठक बस्ने छ। जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सोमबारको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठकको एजेन्डा लगायत विषयमा छलफल हुने छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदै छ।