रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं  ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ। सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको उक्त बैठक बस्ने छ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक सङ्क्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने छ। बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको अध्यक्षता दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन्।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने बेलायत यात्रामा रहेकाले श्रेष्ठले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन।

प्रतिक्रिया दिनुहोस्