बार्सिलोनालाई हराउँदै जिरुना शीर्ष स्थानमा उक्लियो


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत जिरुनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा जिरुनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

जिरुनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए। त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए। यो जितपछि जिरुना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ।

गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको छ। त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ।