रेडियन्ट र रातो बंगलालाई उपाधि

0
Shares

काठमाडौं । 

रेडियन्ट पब्लिक र रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने।

बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित गर्‍यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे।

गल्र्समा पनि रेडियन्ट फाइनलमा पुगेको थियो। गल्र्समा भने रेडियन्ट चुक्यो। उपाधि भिडन्तमा रातो बंगलाले रेडियन्टलाई ४३–१९ ले हरायो।

रातो बंगलाकी अंशु उरावले २६ स्कोर गरिन्। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र अंशु आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञानोदयकी संस्थापिका प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु ए, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

मंसिर १५ गतेदेखि शुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

ज्ञान कार्निभल विद्यालयस्तरीय प्रतियोगिता मध्येको सबैभन्दा पुरानो प्रतियोगिता मध्येको एक हो। ज्ञान कार्निभल सन् १९९४ देखि शुरु भएको थियो।