प्रधानमन्त्री प्रचण्डकाे सल्लाहकारबाट गजुरेलले दिए राजीनामा

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले २० मंसिरमा राजीनामा दिएका हुन् । तर, उनको राजीनामा भने प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म स्वीकृत गरेका छैनन् ।

‘मंसिर २० गते नै राजीनामा दिएको हुँ। राजीनामाको कारणबारे राजीनामा पत्रमै उल्लेख गरेको छु। स्वीकृत भएपछि बताउने छु । अहिलेसम्म प्रधानमन्त्रीज्यूले स्वीकृत गरेको खबर पाएको छैन, उनले भने । ९ माघ २०७९ मा प्रधानमन्त्री प्रचण्डले गजुरेललाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।