रेन्बो ट्राउट माछा पालक कृषकहरूलाई १ हप्ते तालिम सञ्चालन

70
Shares

वाग्मती प्रदेश को सात जिल्लाका १८ जना माछा पालन कृषकहरूको लागि एक हप्ते तालिम सञ्चालन भइरहेको छ । पशु सेवा केन्द्र बागमती प्रदेश लगनखेल ललितपुर को आयोजना र रेम्न्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवाको सहजीकरणमा भएको उक्त तालिम मंसिर २४ गते वाट २९ गते सम्म सञ्चालन हुनेछ । तालिम को उद्घाटन तालिम केन्द्र का पशु चिकित्सक हंप्सरानि साम्बाहाम्फेले गर्नुभएको थियो ।

दोलखा,सिन्धुपाल्चोक,रामेछाप,रसुवा,नुवाकोट,धादिङ,काठमाडौँका रेन्बो ट्राउट माछा पालन गरिरहेका कृषक हरूमा थप निखरता आअ‍ोस भन्नका लागि एक हप्ता राखिएको तालिममा सम्भाव्यता अध्ययन,दाना व्यवस्थापन,माछा प्रजनन,रोग व्यवस्थापन व्यवस्थापन सम्वन्घि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिपको जानकारी गराइएको वैज्ञानिक एस-१ महेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ट्राउट माछा पालनका लागि मध्य पहाड र हिमालबाट बगी आउने सफा कन्चन निरन्तर बगिरहने खोला नाला मूलको पनि १४ देखि १८ डिग्री सेल्सेसको तापक्रम भएको उपयुक्त मानिन्छ ।