वडाध्यक्ष गौतम परस्त्रीसँग रंगेहात पक्राउ


विराटनगर ।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम महिलासँग रंगेहात भेटिएका छन् ।  गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित गरेका छन् । डिएसपी मल्लका अनुसार घटनाबारे थप हामी अनुसन्धान गरिरहेकाे जनाकरी दिए  ।