रोकिएन त्रिभुवन विमानस्थलबाट सुन तस्करी : थप ७ किलो बरामद



काठमाडौं ।

प्रहरीले त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ७ किलो सुन बरामद गरेको छ। गएराति ११:५१ बजे त्रिभुवन विमानस्थलमा करिब ७ किलो सुनसहित केही विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

विमानस्थल प्रहरी स्रोतले दिएको जानकारी अनुसार भन्सारबाट बाहिरिसकेको सुन प्रहरीको टोलीले बरामद गरेको हो। प्रहरीका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ।

त्रिभुवन विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट आएकाहरुमाथि शंका लागेर चेकजाँच गर्दा उक्त सुन फेला परेको हो। दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्