रोनाल्डाको १२ सयौं खेल

0
Shares

 एजेन्सी । क्रिस्टियानो रोनाल्डो उनको करियरको १२ सयौं व्यवसायिक खेलको कोसे ढुंगामा पुगेका छन्। साउदी अरेबियाको क्लब अल नासरबाट खेल्दै उनी सो कोसेढुंगामा पुगेका हुन्।

उनले सो खेलमा गोल पनि गरे र अरु गोलका लागि असिस्ट पनि गरेका थिए। उक्त खेलमा उनको टोली अलनासरले अल रियादलाई ४–१ ले हराएको थियो। यो सँगै पोर्चुगलका स्टार खेलाडी यस सिजनमा १५ खेलमा १६ गोल गर्दै साउदी प्रो लिगमा शीर्ष स्कोरर बनेका छन्।

रोनाल्डोले उक्त कोसेढुंगामा पुर्‍याउन सहयोग गरेकाहरुलाई धन्यवाद दिँदै भने कि उनले अझै केही गरेको छैन। अहिलेसम्म व्यवसायिक पुरुष फुटबल खेलमा सर्वाधिक खेल्ने कीर्तिमान इंग्ल्यान्डका पूर्व गोलकिपर पिटर शिल्टन रहेका छन्। उनले १३ सय ८७ व्यवसायिक खेल खेलेका छन् । यो तथ्यांक अनुसार रोनाल्डो शिल्टनसँग १ सय ८७ खेलसंख्याले पछि छन्।

जूनमा रोनाल्डो २ सयौं अन्तर्राष्ट्रिय खेल्ने पहिलो पुरुष फुटबल बनेका थिए । यो पोर्चुगलले आइसल्यान्डविरुद्धको खेलमा उनले कीर्तिमान राखेका थिए । उनी अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले हालसम्म १ सय २८ गोल गरेका छन्।

क्लब करियरमा पनि रोनाल्डो अगाडि छन्। उनले च्याम्पियन्स लिगमा १ सय ८३ औं खेल खेलेका छन्। उनले यो म्यानचेस्टर यूनाइटेड, रियल मेड्रिड र युभेन्टसमा गरी त्यति संख्यामा च्याम्पियन्स लिग खेल खेलेका थिए। उनी ८ सयौं गोल गर्ने विश्वका पहिलो खेलाडी समेत हुन् ।

रोनाल्डोको १२०० खेल
—स्पोर्टिङ ३१
–म्यानचेस्टर यूनाइटेड ३४६
–रियल मेड्रिड ४३८
–युभेन्टस १३४
–अलनासर ४६
–पोर्चुगल २०५