मानबहादुर र छोकी च्याम्पियन



काठमाडौं ।

ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ।

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो भए।

मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गरेका थिए। त्यसैगरी श्याम मगराती (३.१३ः१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६ः०० सेकेन्ड) तेस्रो स्थानमा रहे।

महिलातर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सेकेन्ड समय लगातार च्याम्पियन बनेका हुन्। सो स्पर्धामा माउन्ट जोय (४.३६ः००) उपविजेता बने भने जाये फे स्टोरिच (४.५३ः०८) तेस्रो स्थानमा रहेका थिए।

नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए। टि एटले प्रायोजन गरेको खेल सामाग्री विजेताहरुलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो।

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थिया। जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डोनेसिया लगायतका ३० जना विदेशी धावक धाविकाको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्