सावित्रालाई काठमाडौं युरोको सम्मान

0
Shares

काठमाडौं ।

काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ।

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।

काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।

‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्। सोही अवसरमा सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुस्कृत पनि गरेकी थिइन्।

स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो।