राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दै छ। आइतबार बिहान ११ बजेदेखि काठमाडौंमा बैठक सुरु हुने सो पार्टीले जनाएको छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धि राजनितिक कार्यपत्र प्रस्तुत गर्दैछन्।

यस्तै सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए। सोमबार दिउँसो उपत्यकास्तरीय वृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्