यू-१९ एसिया कप : आज अफगानिस्तानसँग भिड्दै नेपाल



काठमाडौं ।

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग भिड्दै छ। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ। सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न अफगानिस्तानलाई पनि आजको खेल जित्नैपर्ने छ।

पहिलो खेलमा नेपाल पाकिस्तान र अफगानिस्तान भारतसँग पराजित भएको थियो। शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतको सामना गर्नेछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

प्रतिक्रिया दिनुहोस्