नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

0
Shares

काठमाडाैं ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुनसहित तीन जना पक्राउ परेका छन्। उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।