त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका घले पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले बिहीबार राति पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौं आएका घलेलाई भन्सारले पक्राउ गरेको हो ।

उनले सुनको प्लेट बनाइ शरीरमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् । सुराकीको आधारमा उनलाई बुधबारदेखि नै भन्सारले निगरानी गरेको थियोे । तर, उनी बिहीबार मात्रै काठमाडौं उत्रेका थिए । अन्तिम यात्रुका रुपमा जहाजबाट ओर्लिएका उनी उत्रने बित्तिकै पक्राउ परेका हुन् ।