एनसेलको शेयर खरिद बिक्री रोक्न अल्पकालीन आदेश

0
Shares

काठमाडौं ।

उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालयलगायतलाई एनसेलको शेयर बिक्री रोक्नका लागि उक्त आदेश जारी गरेको हो ।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालतले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद–बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन अदालतको आदेश छ ।