काठमाडौं ।
नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्। सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका हुन्।
‘प्लाटिनम समूह’ का खेलाडीको मुल्य एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक रहेको छ। सन्दीप एसोसियटस देशबाट विदेशी खेलाडीका रुपमा पीएसएलको ड्राफ्टमा परेका हुन्। सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन्। सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट २०१९ को पीएसएल खेलेका थिए।
पीएसएलको २०२४ संस्करण फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ। सन्दीपसँगै पीएसएलको प्लाटिनम समूहमा डेनियल साम्स, एस्टन आगर, फजलहक फारुकी, मुजीब उर रहमान, नूर अहमद, रहमानउल्लाह गुरबाज, बेन डकेट, क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, ल्यूक वुड, रीस टोपले, टम करन, टायमल मिल्स, जेम्स निशाम, रस्सी भान डेर डुसेन, इमरान ताहिर, महेश थेक्साना, भानुका राजपाक्षे, दासुन शानाका, केरोन पोलार्ड, रोभम्यान पावेल , रोमारियो शेफर्ड, ब्रान्डन किङ र काइल मेयर्स रहेका छन्।
पीएसएलको खेलाडी अक्सन डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा हुने पीएसएलले जनाएको छ।
प्रतिक्रिया