२२ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बालक्लवहरुको पूर्वसदस्यहरुको सम्मेलन सम्पन्न

14
Shares

काठमाडाैं ।

२२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै मगलबारबाट सञ्चालित बालक्लवहरुको पूर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । १९ वर्षदेखी २५ वर्षभित्रका देशभरका ६० जिल्लाबाट आएका युवाहरुले १० भन्दा बढी फरक फरक सत्रमा सहभागिता जनाई बाल सहभागिता, बाल संरक्षण, बाल बचाउ र बाल विकासका आयामहरु र अन्य विविध विषयहरु सहीत घोषणापत्र जारी गरेर सम्पन्न भएको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्षले बताउनुभयो ।

१८ वर्षको उमेर सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गरेका थिए । हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्द छन् । समापन समारोहमा प्रमुख अतिथि बाल अधिकारका लागि संसदीय समुहका संयोजक माननीय रन्जु झाले सरकारले संविधानमा लेखीएका हक अधिकारको प्रत्याभुतीको लागि सदैव लागीरहने बताउनुभयो । अवको नेतृत्व नयाँ पुस्ताको समय भएकोले नेतृत्व लिन र सोहीअनुसार कार्य गर्न समेत उहाँले जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव ईद्रादेवी ढकालले बालबालिकाहरुको लागि राज्यले गरेका अभियानहरुमा यो अनुभव प्राप्त समुहले नेतृत्व लिएर स्थानीय तहमा क्रियाशिलको लागि अनुरोध गर्नुभयो । राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मिनबहादुर शाहीले परिवर्तनहरुको संस्थागत रुपमा अगाडी बढाउन अव सवै सँगठित रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालको नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भएको हो । बालक्लवमा गरिएको लगानीले युवा उमेरका दक्ष जनशक्तिले देशको समृद्दिमा योगदान गर्न सक्ने आयोजक संस्थाहरुको भनाइ रहेको छ । नीति, योजना र कार्यक्रम निमार्ण गर्दा बालबालिकालाई प्राथमिकता दिन, बालक्लवका पुर्व सदस्यहरुको सिकाइ र अनुभवलाई आत्मसाथ गर्न सरकार र सरोकारवालाहरुलाई जिम्मेवार बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

२ दिन सम्म सञ्चालन भएको सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको थियो ।
घोषणापत्रमा लेखीएका २२ बँुदाहरु यसप्रकार रहेको छ ।

१) संविधानको कार्यान्वयनसँगै बाल अधिकार, युवा अधिकार, आर्थिक तथा सामाजिक विकास र लोकतन्त्रको संस्थागत सुदृढीकरण र अभ्यासमा नयाँ अवसरहरू सृजना गरेको हामीले महसुस गरेका छौं । नेपालको लोकतान्त्रिक गण्तन्त्रको संस्थागत सुदृढीकरण तथा बाल अधिकार, युवा रोजगारी र युवा सहभागिताको प्रवद्र्धनका निम्ति स्थानीय सरकार तथा राजनीतिक संरचनाहरूसँग हामी बालक्लबका पुर्वसदस्य युवाहरू सकारात्मक र रचनात्मक ढंगबाट खबरदारी, पहरेदारी र साझेदारीका गर्ने प्रतिबद्दता व्यक्त गर्दछौं ।

२) मानवअधिकार, विधिको शासन र लोकतन्त्रका मुल आधारहरू बालबालिका हुन । बालबालिकामा लगानी बढाउन, बालक्लबलाई संस्थागत विकास गर्न तीनै तहका सरकारहरूसँग हामी जोडदार माग गर्दछौं । नीति, योजना र कार्यक्रमहरू निमार्ण गर्दा तिनै तहका सरकारले बालबालिकालाई प्राथमिकता राख्न, बालबालिकासँग अनिवार्य बालमैत्री ढंगबाट परामर्श गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछौं ।

३) राष्ट्रिय युवा परिषदको कार्ययोजना र नीति अनुरुप प्रदेश र स्थानीय तहमा बन्ने युवा परिषदमा बालक्लबका पुर्वसदस्य युवाहरूले सकृय सहभागिता, संलग्नता र आप्mनो सीप तथा क्षमता लगानी गर्ने वातावरण बनाउन आग्रह गर्दछौं । साथै युवामैत्री स्थानीय तहको अभियानमा बालक्लबका पूर्व सदस्यहरूलाई पनि सँगसँगै लान अपिल गर्दै यस अभियानमा हाम्रो पूर्ण समर्थन रहेको पनि जाहेर गर्दछौं ।

४) जलवायु परिवर्तनले बालबालिका, किशोरकिशोरी, युवाहरूमा परेको असरलाई कम गर्न बालबालिकाको सर्वोत्तमहीत केन्द्रीत नीति, योजना र कार्यक्रमहरू बनाई दु्रत गतिमा काम गर्न एवं लगानी वृद्दि गर्न सरकारसँग आग्रह गर्दछौं ।

५) बालक्लबमा सिकेको सीप र ज्ञानलाई अधिकतम प्रयोग गर्न बालक्लबका पूव सदस्यहरूसँग योजना निर्माण, कार्यान्वयन, अनुगमनमा सहकार्य गर्न तीनै तहका सरकार, विकासका साझेदार, राजनीतिक दल लगायत सबैमा आग्रह गर्दछौं ।

६) बालिका र किशोरीहरूको सशक्तिकरण, सहभागिता र नेतृत्व विकासमा योगदान गर्न सबैलाई आग्रह गर्दछौं । सँगसँगै बालिका, किशोरी, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि हिंसा अत्याधिक मात्रामा हुने भएकोले लैंगिक हिंसा अन्त्यका लागि बालक, किशोर, युवा पुरुषको सहभागितामाथि पनि ध्यानाकर्षण गराउन चाहन्छौं ।

७) युवाहरूलाई देशमा भविष्य छ भन्ने सन्देश जनस्तरमा पु¥याउनका लागि युवा उद्यमशिलता, नवीन योजना तथा कार्यक्रम सञ्चालन गर्न, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न साथै युवाहरूको सहभागिता वृद्दि गर्न आग्रह गर्दछौं ।

८) बढ्दो शहरीकरण तथा शहर र यातायातको सुविधाको क्रमिक विकाससँगै नेपालमा युवा, बालबालिका र किशोरकिशोरीहरूको शिक्षा, रोजगारी र विकासका उपयुक्त अवसरहरूको खोजिमा आन्तरिक आवागमन बढ्दो छ । शहरी गरिबी तथा अस्थायी बसोबास गरेका एवं आवागमनमा रहेका बालबालिका, युवा र किशोरकिशोरीहरूलाई आफु बसेकै स्थानमा राज्यका अवसरहरूमा सहभागी हुन, संरक्षणका सुविधाहरू उपलब्ध हुन र सामाजिक सुरक्षाका व्यवस्थामा पहुँच बढाउन विद्यमान नीति तथा कानुनहरूमा व्यवधान रहेको एवं शहरी स्थानीय सरकारहरूको कार्यक्रमहरूले पर्याप्त सम्बोधन गर्न नसकेको हाम्रो ठम्याइ छ । हामी नेपालभित्रका सबै स्थानीय सरकारहरूले आप्mनो सरहदभित्र रहेका सबै नेपाली युवा, किशोरकिशोरी तथा बालबालिकाका लागि बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताका अवसरहरू सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कार्यक्रमिक ब्यवस्था तथा बाल संवेदनशील सामाजिक सुरक्षा कार्यक्रम र नीति लागु गर्न माग गर्दछौं ।

९) बालबालिका विरुद्द हुने हिंसा, बाल यौन दुव्र्यवहार, बाल श्रम शोषणको अवस्थामा विगतको तुलनामा सुधारहरू भएको पाइएको छ । यद्यपी यौन हिसा, यौन शोषण, दुव्र्यवहार तथा बेचबिखन र अनौपचारिक श्रम क्षेत्रमा बाल श्रमको प्रयोगको अवस्थामा भने उल्लेखनीय सुधार हुन नसकेको हाम्रो ठहर छ । साथै, कानूनी रुपमा त्रुटीपूर्ण व्यवस्थाहरु रहेको बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी देवानी संहिताका त्रुटीपूर्ण व्यवस्थाहरु यथासिघ्र सच्याउनका सम्बन्धित निकायलाई अनुरोध गर्दछु । भेदभाव विरुद्दको कानुनी ब्यबस्थाको अभाव, सुरक्षा संयन्त्र तथा प्रशासनिक प्रणालीमा रहेको भ्रष्टाचार, परिवारमा रहेको अशिक्षा, गरिबी र चेतनाको अभाव तथा बालबालिका र किशोरकिशारीहरूमाझ पर्याप्त सचेतना तथा जीवनोपयोगी सीप, सामाजिक तथा आर्थिक वित्तिय शिक्षाको अभावहरूले गर्दा विद्यमान कार्यक्रम तथा पहलहरूको प्रभावकारीता देख्न सकिएको छैन । त्यसैले युवा उद्यमशिलताको विकास, स्थानीय तहमा रोजगारी, सीप विकास र गुणस्तरीय शिक्षाको अवसरको सृजना, भेदभाव विरुद्दको कानुनको निर्माण र कार्यान्वयन, फौज्दारी कानुनहरूको प्रभावकारी कार्यान्वयन, भ्रष्टाचारको नियन्त्रका लागि युवा नागरिकहरूको संलग्नतामा पहलहरू गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं ।

१०) बाल सहभागिताको अभ्यासले स्थानीय र राष्ट्रिय योजना निर्माणको प्रकृयालाई अझ बढी लोकतान्त्रिक, पारदर्शि तथा बालमैत्री बनाउन सहयोग पुगेको हाम्रो निष्कर्ष छ । त्यसैले स्थानीय एवं राष्ट्रिय योजना निर्माण प्रकृयामा मात्र नभई कार्यान्वयन र अनुगमनका प्रकृयामा पनि बालबालिका तथा युवाहरूको विधिवत सहभागिताको ब्यवस्था गर्न माग गर्दछौं । यस प्रकृयामा बालक्लबका पुर्व सदस्यहरूले बाल मैत्री एवं युवा मैत्री स्थानीय शासनको लागि पैरवी, अनुगमन र रचनात्मक संलग्नता गर्ने प्रतिबद्दता व्यक्त गर्दछौं । यसका लागि बालबालिकाका लागि स्थानीय तहमा कूल बजेटको अनिवार्य न्यूनतम १० प्रतिशत बजेट विनियोजन गरिनु पर्ने र स्थानीयस्तरमा आवश्यक पर्ने बालमैत्री सहजकर्ता लगायतका जिम्मेवारीमा बालक्लबका पूर्व सदस्यहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने माग गर्दछौं ।

११ ) बालक्लब नागरिक चेतना र कर्तव्य प्रवद्र्धन गर्ने, असल र सक्षम नागरिक उत्पादन गर्ने, शान्तिपुर्ण लोकतान्त्रिक संस्कृतीको विकास गर्ने थलोको रुपमा रहेको छ । बालक्लबका पुर्व सदस्यहरू सबल र सक्षम तथा सकृय युवाकारूपमा समुदाय, गाउँ, नगर, प्रदेश तथा संघीययस्तरमा योगदान दिन सक्ने सकृय नागरिक हुन । हामी मुलप्रवाहको युवा आन्दोलन तथा अभियानहरूलाई बालक्लबका पुर्व सदस्यहरूको सहभागिता र संलग्नता अभिवृद्दि गर्ने सबल र सहयोगी परिवेश, नीतिहरू निर्माण र कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

१२) किशोरकिशोरी तथा युवा समुदायमा पर्याप्त मात्रमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका पक्षमा जानकारी, शिक्षा, सीप तथा सुचना नपुगेको हाम्रो निश्कर्ष रहेको छ । हामी संघीय, प्रदेश र स्थानीय सरकार तथा विकासका साझेदारहरूसँग युवा तथा किशोरकिशोरीहरूमाझ वृहत्तर यौनिकता शिक्षालाई विद्यालयस्तरको पाठ्यक्रम, बालक्लबको छलफलको विषयमा सम्मिलन गर्न अनुरोध गर्दछौं । खेलकुद, जुनियर रेडक्रस, स्काउट जस्ता संघ संगठनहरूमा बालिका र किशोरीहरूको सहभागिता वृद्दि गर्न अनुरोध गर्दछौं । बालक्लबका पुर्व सदस्यहरू यस प्रकृयामा सामाजिक सचेतना, स्थानीय पैरवीकर्ता तथा साथी सहयोगीको रुपमा भुमिका निर्वाह गर्न प्रतिबद्द छौं ।

१३)  सुचना प्रविधिमा युवा तथा बालबालिकाहरूको अत्यन्तै न्युन र कमजोर पहुँच रहेको तथा कतिपय अवस्थामा जोखिमपुर्ण प्रयोग भइरहेको हाम्रो अनुभव छ । सुचना प्रविधिको दुरुपयोग तथा प्राविधिक ज्ञानको अभावमा युवा, किशोरकिशोरी तथा बालबालिकाहरू सुचना प्रविधिबाट हुन सक्ने ठगी, कुलत, शोषण तथा दुव्र्यवहार र बेचबिखन तथा अपराधिक क्रियाकलापमा नजानिदों संलग्नता सम्म हुन पुगेको छ । हामी नेपालका सबै स्थानहरूमा युवा, किशोरकिशोरी र बालबालिकाहरूमाझ उच्च गुणस्तरको सुचना प्रविधिको सुरक्षीत, सहज तथा निर्वाध पहुँच, उपयोगको जानकारी तथा शिक्षा र आत्मविकासका लागि उपयोगी हुने गरी बजेट सहितको नीतिगत र कार्यक्रमिक ब्यबस्था गर्न माग गर्दछौं । बालबालिका विरुद्द हुने जोखिमहरूलाई सम्बोधन गर्न, कानुनी तथा व्यवहारगतरुपमा बालबालिकालाई प्राथमिकतामा राखी कार्यहरू गर्न सरकारसँग माग गर्दछौं ।

१४) हरेक बर्ष बालक्लबबाट उत्पादन भएका लाखौं बालक्लबका पुर्व सदस्यहरू स्थानीय बाल अधिकार आन्दोलनका प्रभावकारी, सकृय र सक्षम पैरवीकर्ता, अनुगमनकर्ता र सहजकर्ता हुन् । हामी राष्ट्रिय बालअधिकार परिषद् सहित बाल अधिकार अभियानका सबै सरोकारवाला निकाय, निजी क्षेत्र तथा गैससहरूलाई बाल सहभागिता प्रवद्र्धन गर्न, बाल अधिकारको ब्यबहारिक कार्यान्वयन गर्न स्थानीय तहमा बालक्लबका पुर्व सदस्यहरूसँग साझेदारी तथा सहकार्यको अपिल गर्दछौं । साथै, सबै प्रदेशहरुमा प्रदेशस्तरीय बालअधिकार परिषद् यथासक्य छिटो गठन गर्ने प्रक्रियालाई अघि बढाउन माग गर्दछौं ।

१५) विद्यालय शान्ति क्षेत्र निर्देशिका निर्माण भई कार्यान्वनमा आएको १२ बर्ष भयो । बालबालिका सम्बन्धि ऐन २०७५ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा बालबालिकालाई दलगत राजनीतिमा संलग्न गराउन नपाइने कानुनी व्यवस्था छ । विद्यालयहरूमा दलगत कार्यक्रम गर्न, विद्यालय बन्द गर्न नपाइने कानुनी व्यवस्था पनि छ । तर पनि धेरै स्थानहरूमा विद्यालय शान्ति क्षेत्रका बारेमा सुचना तथा जानकारीहरू उपलब्ध नभएको, राजनितिक सँगठन तथा दलहरू यसप्रति प्रतिबद्द हुन नसकेको हाम्रो अनुभव छ । त्यसैले सबै राजनितिक दल तथा सँगठनहरूलाई विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त राख्न, बालबालिकाको राजनितिक स्वतन्त्रता र निष्पक्षतालाई सम्मान गर्न, विद्यालयको विकास र सबैका लागि शिक्षाको सुनिश्चितताका लागि सहकार्य गर्न हामी अनुरोध गर्दछौं । विद्यालय शान्ति क्षेत्रको मर्म विपरितको कार्यलाई बालबालिका विरुद्दको कसुरलाई समेत मध्यनजर गर्दै फौजदारी अपराध सरह कानुनी कार्वाहीको दायरामा ल्याउन माग गर्दछौं ।

१६) संयुक्त राष्ट संघद्वारा अनुमोदित दिगो विकास लक्ष्य, मानव अधिकार केन्द्रीत, लोकतान्त्रिक, समावेशी विकासको अवसर सृजना गर्ने आधारपत्रको रुपमा रहेको छ । दिगो विकास लक्ष्यका भावना अनुरुप बाल अधिकार तथा युवा विकासका कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्न तथा स्थानीय सरकारहरूसँग दिगो विकास लक्ष्य र यसको सुचकहरूका आधारमा बाल केन्द्रीत तथा युवा लक्षित कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्न माग गर्दछौं । यस प्रकृयामा बालक्लबका पुर्व सदस्यहरूले स्थानीय सरकार तथा स्थानीय विकासका साझेदारहरूका लागि सहजकर्ता तथा सहयोगी भुमिका खेल्ने प्रतिवद्दता ब्यक्त गर्दछौं ।

१७)बाल विवाह युवा, किशोरकिशोरी तथा बालबालिकाका सबै समुहका निम्ति एक टड्कारो समस्या र सवालको रुपमा रहेको छ । विगतमा अभिभावकको दबाबमा हुने बाल विवाहमा केही कमी आए पनि हाल यौन तथा प्रजनन स्वास्थ्य शिक्षा तथा जीवनोपयोगी शिक्षाको अभावमा स्वयं किशोरकिशोरीहरू नै विवाह गर्ने प्रवृत्ती बढीरहेको हाम्रो अनुभवले बताउँदछ । त्यसैले सन् २०३० सम्ममा बाल विवाह अन्त्यका लागि लगानी सहितको योजना निमार्ण, साथी शिक्षा, स्थानीय अनुगमन, बाल विवाह सम्बन्धि नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, जिवनोपयोगी सीप शिक्षा, वृहत्तर यौनिकता शिक्षा, गरिबी निवारण तथा युवा रोजगारीका कार्यक्रमहरू र निःशुल्क र अनिवार्य माध्यमिक शिक्षाको ब्यबस्था गर्न नेपाल सरकार तथा विकास साझेदारहरूसँग माग गर्दछौं । बालक्लबका पुर्व सदस्यहरू बाल विवाहका विरुद्द एकिकृत अभियान, स्थानीय सचेतना र अनुगमनका कार्यहरू गर्न प्रतिवद्द रहेका छौं ।

१८) प्राकृतिक तथा मानवीय विपद, जलवायु परिवर्तनले बालबालिका, किशोरकिशोरी र युवाहरूको जीवनमा अन्यको तुलनमा बढी नै प्रभाव पारेको हामीले पाएको छौं । विपद जोखिम न्युनीकरण तथा विपदका समयमा राहत वितरण प्रकृया, संरक्षणको ब्यबस्था गर्न तथा उत्थानशिलताको प्रवद्र्धन गर्न बालक्लब सदस्य तथा यसका पुर्व सदस्यहरूले विगतमा सक्षम र प्रभावकारी भुमिका खेल्न सफल भएका छन् । तसर्थ विपद जोखिम न्युनिकरण, जलवायु परिवर्तन सम्बन्धी योजनाहरूमा बालक्लब तथा बालक्लबका पुर्व सदस्य युवाहरूको सहभागिता तथा संलग्नता सुनिश्चितता गर्न हामी सबै तहका सरकार र साझेदारहरूसँग जोडदार माग गर्दछौं ।

१९) परिवार तथा समुदायमा सानैदेखि सहभागिताको अभ्यास र अनुभवले बालबालिकाको ब्यक्तित्व विकास, राजनितिक क्षमता तथा आपसी समझदारी प्रवद्र्धन गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा अध्ययनहरूले प्रमाणित गरेका छन् । बाल सहभागिताको अभ्यास भएका परिवार र समुदाय बाल मैत्री तथा समावेशी र लोकतान्त्रिक हुन्छन् । त्यसैले परिवार तथा समुदायमा बाल सहभागिताको अभ्यासको प्रवद्र्धन गर्नका लागि सकारात्मक अभिभावक शिक्षा, बालबालिकाको लागि प्रशिक्षण तथा समुदायका लागि नीतिगत ब्यबस्था गर्दै बालसहभागिताको संस्कृतीको विकास गर्नका लागि प्रभावकारी कार्यक्रमहरू लागु गर्न नेपाल सरकार, स्थानीय सरकार र विकास साझेदारहरूसँग अपिल गर्दछौं । बालक्लबका पुर्व सदस्यहरूले परिवार, समुदायका नेताहरू त्था स्वयं बालबालिकालाई सहभागिताको अभ्यास गर्न सहजकर्ता, प्रशिक्षक र सचेतकको भुमिका निर्वाह गर्ने प्रतिवद्दता ब्यक्त गर्दछौं ।

२०) स्थानीय रोजगारी र आर्थिक विकासका अवसरहरूको अभावमा युवा पुस्ता तथा ठुलो संख्यामा जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य छन् । यस प्रवृत्तिले स्थानीय श्रम शक्तिका अभाव, उपभोक्तावादी आर्थिक संस्कृतीको निर्माण, पारिवारिक विखण्डन र विकृती तथा बालबालिकाहरूको अविभावकत्वको अधिकार एवं माया र स्नेहबाट बन्चितीकरण जस्ता समस्याहरू सृजना गरेको छ । हामी यस जोखिमपुर्ण परिस्थितीको अन्त्यका लागि स्थानीय उद्यमशिलता प्रवद्र्धन, रोजगारीका अवसरहरू सृजना गर्ने र पारिवारिक एकिकरणका लागि स्थानीय आय आर्जन तथा आर्थिक विकासका कार्यक्रमहरूका लागि वित्तिय पहँच र सहजता, मनोविमर्श सेवा तथा स्थानीय सामाजिक कार्यकर्ताको ब्यबस्था गरी बालबालिकाको सुरक्षा र समृद्द भविष्यको सुनिश्चितताको माग गर्दछौं ।

२१)बालक्लबका पुर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलन आयोजनाका लागि आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्ने विकासका साझेदार संस्थाहरू, नेपाल सरकार राष्ट्रिय युवा परिषद, राष्ट्रिय बालअधिकार परिषद एवं संलग्न विज्ञहरू, श्रोत ब्यक्तिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई प्रोत्साहन प्रदान गर्नुभएकोमा राष्ट्रिय सभाका अध्यक्ष, सम्माननीय गणेश प्रदास तिमिल्सिना, संघीय संसदका माननीय सदस्य रञ्जु झा, विभिन्न मन्त्रालय, परिषदका पदाधिकारी, कर्मचारी लगायत यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सञ्चारकर्मी, स्वयंसेवक, प्रतिवेदक र सम्पुर्ण सहभागीहरूलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।

२२) बालक्लबका पुर्व सदस्यहरूको राष्टीय सम्मेलबाट प्राप्त निश्कर्षहरूको ब्यबहारिक कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय, विकास साझेदार, निजी क्षेत्र तथा गैससहरूलाई हार्दिक अपील गर्दछौं । यी निश्कर्षहरूको कार्यान्वयन र अनुगमनमा सहजीकरणका लागि सम्पुर्ण बालक्लबका पुर्व सदस्यहरूलाई आव्हान गर्दछौं ।