सप्ताहको पाँचौ दिन २२ लाख संकलन

पनौती गुरुकुललाई पुर्व मन्त्री लामाले दिए पाँच लाख



काभ्रे, पनौती ।

सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको पााचौ दिन वुधवार २२ लाख रुपैया संकलन भएको छ । सप्ताहमा आज एमाले नेता एवं बागमती प्रदेशका पुर्व मन्त्री चन्द्र लामाले नगद ५ लाख प्रदान गर्नुभएको छ । पनौती ६ गोरखनाथ डाडामा गुरुकुलको पहिलो चरणको भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजक समितिकाु सचिवालयले जानकारी दिए अनुसार एमाले नेता एवं पुर्व मन्त्री लामाले धर्म विना राजनीति नहुनै भन्द्र गुरुकुल स्थापनाको लागि आफ्नो सिङ्गो पार्टी नै सकारात्मक रहेको भन्दै यो सहयोग आफुले व्यक्तिगत तवरबाट गरेको बताउनु भएको छ । वुधवार वागमती प्रदेशका वर्तमान खानेपानी मन्त्री तिर्थ लामाले पनि गुरुकुल निर्माणको लागि एकलाख रुप्रया नगद सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाले वागमती सरकारको तर्फबाट पनि वजेट विनियोजन गर्न पहल गर्ने बताउनु भएको थियो ।

आयोजक समितिको सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिए अनुसार खानेपानी मन्त्री लामाले बागमती सरकारको तर्पmबाट सचीतीर्थ त्रिवेणी गुरुकुलको लागि एक करोड रुपैया बजेट विनियोजन गर्न पहल गर्ने बताउनु भएको थियो । आज वुधवार जम्मा भएको चेक बाहेक नगद १९ लाख भन्दा बढी रकम सहकारीमा जम्मा भएको सचिवालयले जनाएको छ ।

सप्ताह आयोजक समितिको सचिवालयका अनुसार पहिलो र दोस्रो दिन ३० लाख रुपैया संकलन भएको थियो भने तेस्रो दिन सात लाख रुपैया संकलन भएको थियो । चैथो दिन मंगलबार १९ लाख रुपैया संकलन भएको थियो । हाल सम्म सहकारीमा ४५ लाख ५१ हजार नगद जम्मा भैसकेको सचिवालयले जनाएको छ । चेक बाट संकलन भएको रकम भने बैकमा जम्मा भएको बताइएको छ ।

यस अघि बैकका कर्मचारीले सेवा दिन नसक्ने बताएपछि सहकारीमा रकम जम्मा गरेको बारे समाचार प्रकाशित भएपछि गुरुकुलको केहि आलोचना भएको थियो । गुरुकुलको आर्थिक कारोबार सहकारी मार्फत नभै बैक बाटै गर्नुपर्ने भन्दै भक्तजनहरुले सुझाव दिएका छन् । देशभरका सहकारीहरु संकटग्रस्त बन्दै गएको वर्तमान अवस्थालाई पनि ख्याल गर्नुपर्ने भक्तजनहरुको भनाई छ ।

सचीतीर्थ त्रिवेणी गुरुकुलमा देशका विभिन्न भागबाट आएका २८ जना बटुकले शिक्षा दिक्षा लिइरहेका छन् । यो गुरुकुल विगत दुईवर्ष देखि त्रिवेणी घाटको सत्तलमा सञ्चालन भैरहेको छ । आफ्नै भवनमा सुविधा सम्पन्न भवन निर्माण गरि अझ व्यवस्थित तरिकाले गुरुकुल सञ्चालन गर्न पनौती ६ स्थित गोरखनाथ डाडामा भवन निर्माण भैरहेको छ । हाल निर्माणधिन ८० फिट लम्बाई र २० फिट चौडाईको दुईतले भवनलाई सुर्की चुना लगाएत कलात्मक तरिकाले रंगरोगण गरिदैछ , साथै शौचालय निर्माण कार्यपनि भैरहेको छ । गुरुकुल निर्माण भैरहेको गोरखनाथ डाडामा चन्दा संकलन गरेरैे ९ फिट अग्लो पञ्च धातुबाट निर्मित गणेशको मुर्ति पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्