दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना

0
Shares

काठमाडौं ।

दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ट्रक दुर्घटना भएको छ।

आज बेलुकी ६ बजेर १० मिनेट जाँदा रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्री भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो।

ट्रकधनी तुलसीपुर-३ का टीकाराम भुसाल र चालक नारायण सार्की मात्रै सवार रहेकोमा दुवै जना सकुशल छन्। उकालोमा चढ्दै गरेको ट्रकको पट्टा एकाएक भाँचिएपछि ट्रक ब्याक भएर भित्तामा ठोक्काएर जोगाउने प्रयास गर्दा सम्भव नभएपछि दुवैले हाम फाली ज्यान जोगाएको प्रहरीले जनाएको छ।