आरती साह हत्या प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश, ससुरा १ लाख धरौटीमा रिहा


काठमाडौं ।

सर्वोच्च अदालतले उच्च अदालत जनकपुरको आदेश आंशिक बदर गर्दै आरती साह हत्या प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मृतक साहका श्रीमान् मोतीबाबुलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । मृतक साहका ससुरा मोहन व्याहुत सुडीलाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश गरेको छ ।

गत जेठ ७ गते आफ्नै घरमा आरतीको हत्या भएको थियो । दाइजोको निहुँमा हत्या गरिएको भन्दै आरतीका बाबु विनोदप्रसाद साहको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतले असार ५ गते श्रीमान् र ससुरा दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

तर असोज १९ गते उच्च अदालत जनकपुरले जिल्लाको आदेश उल्टाउँदै दुवैलाई साधारण तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै आरतीका बुबा विनोदले गत कात्तिक २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।