झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा



काठमाडौं ।

न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेविरुद्ध म्याद थप गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख सोमेन्द्र सिंह राठौरले पाण्डेविरुद्ध ७ दिनको म्याद थप भएको बताए।

प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित पाण्डेलाई पक्राउ गरेको थियो । ‘सुन चाहिँ राजश्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाएका छौं’, उनले भने, ‘उनीबाट ४९ लाख ५० हजार अवैध रुपैयाँ पनि बरामद भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार म्याद थप गरेका हौँ।’

प्रतिक्रिया दिनुहोस्