पूर्वी स्टार गायन प्रतियोगिता हुँदै 

0
Shares

ओखलढुंगा ।

गायन प्रतिभाहरूको खोजी गर्दै ‘पूर्वी स्टार गायन प्रतियोगिता’ हुने भएको छ । हाङ अनलाइन म्युजिक प्रालि तेह्रथुमले ओझेलमा परेका प्रतिभाका लागि अवसर दिने लक्ष्यका साथ ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो । ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिहरुले प्रतियोगिताको जानकारी दिएका हुन् ।

पूर्वी स्टारको अडिसन आगामी पुस १ गतेबाट सुरु हुने र अनलाइन आवेदन मंसिर २५ गतेसम्म लिइने आयोजकले जनाएको छ । सहभागिताका लागि ९८४२४२६२०६ वा ९८६९७५५२५५ नम्बरमा ह्वाट्स एपमार्फत आवेदन दिन सकिनेछ । आवेदन शुल्क एक हजार रुपैयाँ लाग्ने र सो रकम आयोजकको क्युआरमा जम्मा गरी रकम भुक्तानी गरेको स्क्रिनसर्ट पठाउनुपर्ने बताइएको छ । पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ह्वाट्स एपमा गीत गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ । त्यसैगरी भारतबाट ९१७६७९६२२९८५ मा ह्वाट्स एप गर्न सकिनेछ ।

 पहिलो अडिसनबाट छनोट भएकाहरूले दोस्रो चरणका लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत नै पठाउनुपर्ने र त्यसमार्फत पनि छनोटमा पर्ने सहभागीले सुनसरीको धरानमा गई प्रत्यक्ष सहभागी हुन पाउने आयोजक समितिका कार्यक्रम निर्देशक टिआर लिम्बूले बताए । पूर्वी स्टारको विजेताले नगद चार लाखसहित सुनको सिक्री एक थान, ट्रफी, एउटा गीत रेकर्ड गर्ने अवसर र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

 द्वितीय हुनेले नगद १ लाख ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र तथा तृतीयले नगद ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र पाउनेछन् । तेस्रो चरण ९लाइभ राउन्ड० देखि प्रत्येक राउन्डका उत्कृष्टले एक–एक थान गिटार प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकमण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगीतकार खगेन्द्र यक्सो र गायक कुसल थलुङ रहेका छन् । पूर्वी स्टारमा संसारभरका नेपालीले सहभागिता जनाउन पाउनेछन् ।