जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

0
Shares

ललितपुर ।

ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् ।

कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।