कुचोको डाँठले हान्दा बाबुको मृत्यु



नवलपरासी। 

पूर्वी नवलपरासीकाे मध्यबिन्दुमा आफ्नै छोराले कुचाेडाँठले प्रहार गर्दा बाबुको मृत्यु भएको छ ।
जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार जिल्लाको मध्यबिन्दु १० टाँडीका ३५ वर्षका रूपेश दराईले आफ्ना बाबु  ६० वर्षीय हाेमबहादुर दराईलाई कुचोको डाँठ प्रहार गरी घाईते बनाएका थिए ।

घाईतेलाई थप उपचाराका लागि  मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले शनिबार साँझै दराईकाे मृत्यु भएको  घोषणा गरेका थिए ।
बाबुमाथि कुचाे प्रहार गर्ने रूपेशलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्