शचीतीर्थ त्रिवेणी गुरुकुलको भवन निर्माण गर्न सप्ताह

42
Shares

काभ्रे। 

शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणका लागि  सहयोगार्थ पनौतीको इन्द्रेश्वोर मन्दिर प्रांगणमा श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । श्रीमद् भागवत सप्ताहको पूर्व सन्ध्यामा शनिबार बिहान कलशयात्रा आयोजना गरिएको थियो

पण्डित अच्युतप्रसाद भट्टराईद्वारा बाचन हुने श्रीमद् भागवत सप्ताहमा मसिंर २३ गतेसम्म हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पूजा हवन,  बिहान ८ बजेदेखि ११.३० सम्म पाठ पारायण र ११.३० देखि ४.३० सम्म कथा बाचन हुनेछ ।

 पण्डित भट्टराईद्वारा गुरुकुल संचालनार्थ ब्यवस्थापनका लागि कार्य भइरहेको छ । ‘तीन वर्ष अघि देखि ३० जना बालकहरुलाई ६ र ७ कक्षामा गुरुकुल अध्ययन गरिएको छ’– पण्डित भट्टराईले भने–‘गोरखनाथ डाँडामा गोरखनाथ सतिवन सामुदायिक वन उपभोक्ता समुहले उपलब्ध गराएको ६ रोपनी मध्ये केही  क्षेत्रफलमा निर्माण भइरहेको भवनका निर्माण कार्य तथा गुरुकुल नियमित सञ्चालनका लागि सप्ताह आयोजना गरिएको हो ।’ गुरुकुलको भवन ९० फिट लम्बाई तथा २० फिट चौडाइको दुई तल्ले निर्माण भएको छ ।

उनै पण्डित भट्टराईको अगुवाइमा निर्माण भइरहेको भवन निर्माण कार्यलाई पूर्णता दिन तथा गुरुकुल नियमित सञ्चालनका लागि सप्ताह आयोजना गरिएको हो । गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव जंगम छन् । गुरुकुल मार्फत बालकहरुलाई हिन्दु धर्म सम्वन्धीका ज्ञान सँगै नियमित विद्यालयका पाठ्यक्रमहरु समेत समावेश गराईएको छ । काभ्रेपलाञ्चोक जिल्लामा बनेपा ६ बुडोल, पनौती ५ विन्ध्यवासिनी मन्दिरमा पनि गुरुकुल सञ्चालन भइरहेका छन् ।