गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
Shares

काठमाडौँ।

काभ्रेको धुलिखेलमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार बिहान ६:१० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीले सडकमा हिँडिरहेका धुलिखेल नगरपालिका-११ पात्लेखोलाका ५० वर्षीय यमुना प्रसाद धिताललाई  ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६:५५ बजे डाक्टरले मृत घोषणा गरेको हो।

गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।