स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीद्वारा बसमा आगजनी

0
Shares

बुटवल ।

सार्वजनिक बिदाको दिन पनि  रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । लुम्बिनी– ककरहवा सडक खण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए।

सूर्यपुराको सिद्धार्थ बोर्डिंग स्कुलको बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । दुर्घटनापछि जम्मा भएका स्थानीयले स्कुल बसमा आगजनी गरेका हुन् ।